संस्कृतका केही सूक्तिहरू १

सत्यमेव जयते

संस्कृतका केही सूक्तिहरू १

संस्कृत भाषामा धेरै व्यावहारिक उपदेशका सूक्तिहरू पाइन्छन्। संस्कृतप्रति रुचि भएका वा संस्कृत सिक्नेहरूका अतिरिक्त विद्यालय, पुस्तकालय, प्रेक्षालय आदिमा संस्कृतका सूक्तिहरू लेखिएका हामीले देखेका छौँ । केही संस्कृतका सूक्तिहरू यस प्रकारका छन् -           

१.   सत्यमेव जयते (सत्यको मात्र जय हुन्छ।)

२. विद्याधनं सर्वधनं प्रधानम्। (विद्या नै सबैभन्दा ठूलो धन हो।)

३. सहसा विदधीत न क्रियाम् (हतारमा प्रतिक्रिया नजनाऔँ) 

४. आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् (आफूलाई प्रतिकूल लाग्ने कुरा अरूलाई व्यवहार नगरौँ

५. स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः (आफ्नो धर्ममा रमाऔँ, अरूका धर्म भयावह हुनसक्छन्) 

६. वादे वादे जायते तत्त्वबोधः (तर्कवितर्कले नै तत्त्वबोध गराउँछ।) 

 ७. अतिथिदेवो भव (अतिथिलाई देवता समान मान) 

८. मातृदेवो भव (आमालाई देवतासमान मान) 

९. पितृदेवो भव (बुबालाई देवतासमान मान) 

१०. सत्यं वद (सत्य बोल) 

११. धर्मं चर (धार्मिक बन) 

१२. स्वाध्यायप्रवचनाभ्यां न प्रमदीतव्यम् (स्वाध्याय गर्न र प्रवचन गर्न कहिले अल्छी नगर)।

१३. योगः कर्मसु कौशलम् (योग अर्थात् कुशल कर्म नै कर्महरूमा श्रेष्ठ छ। )

१४. विद्ययाऽमृतमश्नुते (विद्याले नै अमृत पाउँछ)

- क्रमशः - - - 

भवतः का प्रतिक्रिया ?

like
5
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0